बजार राजनीतिकाे चपेटामा, राष्ट्र बैंक कसरी दोषी?

Feb 20, 2025 07:19 PM Merolagani



पछिल्ला केहि कारोबार दिनदेखि बजार निरन्तर रुपमा बढेको छ । आजको बजार ३.१४ अंकले बढेर २७४३.७४ विन्दुमा पुगेको छ । ८ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

समग्रमा बजार २७ सयको लाइनमा छ । बजारमा सूचक स्थिर हुन खोजे जस्तै कारोबार रकम पनि स्थिर देखिएको छ । दैनिक ८ अर्ब माथिको शेयर खरिद बिक्री भइराख्दा बजार बलियो भएको  लगानीकर्ताहरुको बुझाई छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिकाे दोस्रो  त्रैमासिक समीक्षा गर्ने मिति नजिक हुँदैछ । यो अवसरमा बजारले पर्ख र हेरको अवस्थालाई अवलम्बन गर्दा बजार सूचक उत्साहित भएर बढ्न नसकेको शेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुल्लेलको बुझाई छ । अर्कोतर्फ नेपालको शेयर बजार चौतर्फी रुपमा राजनीति चपेटामा पर्दा पनि शेयर बजारको हित हुन नसकेको उनको धारणा छ ।

 




comments powered by Disqus

धमाधम लाभांश घोषणा गर्दै बीमा कम्पनी, ४ जीवन र ५ निर्जीवनले घोषणा गरे लाभांश

Feb 15, 2025 11:03 AM

नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत १२ जीवन बीमा र १२ निर्जीवन बीमा गरी सूचीकृत २४ बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।