यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Feb 24, 2025 06:28 AM RSS



नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ।

केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ८० पैसा र बिक्रीदर १४५ रूपैयाँ ४३ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १७५ रूपैयाँ ६४ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ २२ पैसा र बिक्रीदर १५४ रूपैयाँ ८९ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ६० पैसा र बिक्रीदर १०४ रूपैयाँ ५ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ २७ पैसा र बिक्रीदर ९ रूपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १५ पैसा कायम भएको छ केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रूपैयाँ १२ पैसा र बिक्रीदर ४ रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४७ पैसा तोकिएको छ।

साउथ कोरियन वन एक सयको खरिददर ९ रूपैयाँ ६५ पैसा र बिक्रीदर ९ रूपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ र बिक्रीदर १३ रूपैयाँ ५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४२ पैसा र बिक्रीदर १९ रूपैयाँ ५० पैसा निर्धारण भएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८२ पैसा र बिक्रीदर १७ रूपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ७८ पैसा र बिक्रीदर ४५० रूपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ८३ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ८ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ६४ पैसा तय गरिएको छ।

त्यसैगरी भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।