पूजा शर्माले किनिन् एलएस अटो ब्राण्डको कार, कस्ताे छ एलइभी ०१ ?

Mar 04, 2025 03:52 PM Merolagani
1
0



अभिनेत्री पूजा शर्माले एलएस अटो ब्राण्डको कार खरिद गरेकी छिन् । सोमबार शर्माले एलएसको इलेक्ट्रिक कार एलएस अटो एलइभी ०१ खरिद गरेकी हुन् । उनी एलएसको यो गाडी खरिद गर्ने नेपालकै पहिलो ग्राहक हुन्।

प्रायजसो गाडी फेरी फेरी चलाउने उनले सुरक्षित र आरामदायी भएकाले यो ईभी गाडी किनेको जानकारी दिएकी छिन् । यो उनको चौंथो गाडी हो । यसअघि, उनले हुन्डाई र फर्ड ब्राण्डका कार खरिद गरिसकेकी छिन् ।

अभिनेत्री शर्माले किनेको गाडी एलएस अटो एलइभी ०१ मंगलबार नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गरिएको छ । भर्खरै लञ्च गरिएको उक्त ईभी कार अतुलनीय शक्ति, दक्षता, र अत्याधुनिक विद्युतीय नवप्रवर्तनका साथ ड्राइभिङको नयाँ युग सुरु भएको कम्पनीको दाबी छ। "न कुनै ग्यासन त कुनै सीमा, केवल शुद्ध प्रदर्शन" भन्ने नाराका साथ यस कम्पनीले यो कार सार्वजनिक गरेको हो ।

एलएस अटाेकाे नेपालका लागि आधिकारिक विक्रेता नेक्सन भेन्चर कम्पनीले नेपालमा एलईभी-०१ ल्याएको हाे । चीनमा उत्पादन भएको एलएस अटोको पहिलो मोडलको रुपमा एलईभी-०१ नेपालमा बिक्री सुरू भएको हो । यसलाई नेपाली बजारमा स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा उपलब्ध गराइएको छ । क्रसओभर डिजाइनमा उपलब्ध एलईभी-०१ उच्च ग्राउन्ड क्लियरेन्स, ठूलो ब्याट्री र नविनतम टेक्नोलोजीका कारण चर्चामा रहेको मोडल हो ।  

एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । यसमा ९९ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर रहेको छ । यसको ब्याट्री सेलहरू ‘हनिकम्ब आर्किटेक्चर’मा डिजाइन गरिएकाे छ।

एलईभी-०१ क्रसओभर एसयूभीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । याे गाडीको क्याविनमा पनि फिचर लोडेड बनाइएकाे छ ।

यस कारमा २१० मिमी ग्राउन्ड क्लियरेन्स र ५०० किलोमिटर दायराको सुविधा पाउन सकिनेछ । यसैगरी, यसमा कम्पनीले ९९ किलोवाट पिक मोटर पावर र ६५ किलोवाट रेटेड मोटर पावर दिएको छ ।

एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप पाउन सकिनेछ । यसकाे पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ। यसमा लेदरेट स्टेरिङ ह्विल तथा सिट कभर ३६० डिग्री क्यामरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्टुमेन्टल क्लस्टर, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड लगायतका सुविधाहरू पाउन सकिनेछ ।

त्यसैगरी, सुरक्षाका लागि यो ईभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधाहरू पनि दिइएको छ ।

नेक्सन भेन्चरले स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रूपैयाँ तथा कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार यो गाडी खरिद गर्दा ८ वर्षको वारेन्टी वा एक लाख ५० हजार किलोमटिर गुड्दासम्मको माेटर वा ब्याट्रीमा वारेन्टी पाउन सकिन्छ ।

यस्ताे छ विशेषता ः

 




दोस्रो बजारमा "स्पूफिङ" गर्ने क्रम बढ्दो, सर्वसाधारण लगानीकर्ता जोखिममा, के हो "स्पूफिङ" ?

Mar 14, 2025 06:15 AM

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर कारोबार गर्ने अनलाईन प्रणाली टिएमएस(ट्रेड म्यानेजेमेन्ट सिस्टम)मा बुधबार मध्यान्ह १२ बजेर ५२ मिनेट ५२ सेकेण्ड गएको छ।