एमजी एस ५ ईभी सार्वजनिक गरिँदै

Mar 06, 2025 06:04 PM Merolagani



एमजी मोटर्सले आफ्नो बहुप्रतीक्षित इलेक्ट्रिक कार "एमजी एस ५ ईभी" नेपाली बजारमा ल्याउने भएकाे छ। प्यारामाउण्ट मोटर्स प्रा. लि.ले एमजी एस ५ ईभी नेपालमा आधिकारिक रूपमा सार्वजनिक गर्न लागेकाे हाे । 

विद्युतीय सवारी क्षेत्रको नवीनतम विकासलाई अघि बढाउँदै कम्पनीले "एमजी एस ५ ईभी" इलेक्ट्रिक गाडी सेग्मेन्टमा नयाँ क्रान्ति ल्याउने दाबी गरेकाे छ । यसमा नवीन प्रविधि, उत्कृष्ट डिजाइन र उच्चतम प्रदर्शनको संयोजन गरिएको कम्पनीले जनाएकाे छ । यस कार्यक्रमलाई "Pushing Boundaries of Electric Driving" (विद्युतीय सवारीको सीमा फराकिलो बनाउँदै) भन्ने नारासहित आयोजना गरिएको हाे।

एमजी मोटर्सले १०० औं वार्षिकोत्सव मनाइरहेको अवसरमा नेपालमा पनि आफ्नो इलेक्ट्रिक गाडीको उपस्थिति बलियो बनाउन यो नयाँ मोडेल ल्याएको हो। कार्यक्रममा उद्योगका विशिष्ट व्यक्तित्व, गाडी व्यवसायी, सञ्चारकर्मी तथा इलेक्ट्रिक गाडीप्रति रुचि राख्ने उपभोक्ताहरूको सहभागिता रहने कम्पनीले बताएकाे छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।