सातामा सामान्य अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Mar 08, 2025 06:40 AM Merolagani



यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। गत साता २८१५.०४ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१२ प्रतिशत अर्थात ३.३९ अंक बढेर २८१८.४३ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से उच्च अंक बढेको थियो भने ४ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो। यस साताको पहिलो कारोबार दिन नेप्से उच्च अंक बढेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ०.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३९ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा १० अर्ब ९८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १२ अर्ब ५१ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.९० प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या १९.६४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १३.२३ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.१२ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५ अर्ब रुपैयाँ बढेर ४६ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.१५ प्रतिशत बढेको छ। गत साता ५७३१.०७ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १८०.५४ अंक बढेर ५९११.६१ विन्दुमा पुगेको छ।

अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २८१.४१ अंक बढेको छ। गत साता १३९५७.०१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २.०२ प्रतिशत बढेर १४२३८.४२ विन्दुमा पुगेको छ।

यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत घटेको छ। गत साता ५२७३.९७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ७०.५१ अंक घटेर ५२०३.४६ विन्दुमा झरेको छ।

यस साता नेप्सेमा २ कम्पनीको ३६ लाख ९८ हजार १७६.१० कित्ता शेयर सूचीकृत भएको छ। यस साता आईसीएफसी फाइनान्सको ऋणपत्र र सानिमा माइ हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ६१.०४ प्रतिशत बढेको छ। गत साता १ हजार ३८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार ६७२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता घलेम्दी हाइड्रोको शेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक १६.१९ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता बोटलर्स नेपाल (बालाजु), मुक्तिनाथ म्युचुअल फण्ड १, सिद्धार्थ इक्विटी फण्ड लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने एनएलजी इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था, हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।