गार्डियन माइक्रो लाइफ १९ औं दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार, कति पुग्ला त मूल्य?

Mar 10, 2025 09:52 AM MeroLagani
6
0



लगातार १९ औं दिन पनि सर्किट लेभलमा बढेर कारोबार बन्द भएपछि गार्डियन माइक्रो इन्स्योरेन्सका लगानीकर्ता अलमलमा परेका छन् । पछिल्लो दुई कारोबार दिनदेखि यो माइक्रो इन्स्योरेन्सको शेयर लाख भन्दा बढीले कारोबार हुन थालेपछि भने लगानीकर्ता अलमलमा परेका हुन ।

गत बिहीबार १ लाख ४३ हजार ८ सय ५० कित्ता शेयरको किनबेच भएकोमा आज आइतबार भने २ लाख ५३ हजार ९३ कित्ता शेयरको किनबेच भएको छ । आइतबार शुरुमा २ प्रतिशत बढेर १७०५ मा कारोबार खुले पनि सप्लाई आएपछि घटेर १५ सय १९ रुपैयाँसम्म घटेर समेत कारोबार भयो । अन्तिममा १० प्रतिशतले सर्किट लागेर १८ सय ३९ रुपैयाँ ४० पैसामा कारोबार बन्द भयो ।

१०० रुपैयाँ ३४ पैसादेखि ३ सय १ रुपैयाँ २ पैसा कारोबार रेञ्ज पाएको कम्पनीको पहिलो कारोबार नै १० प्रतिशत बढेर ३ सय ३१ रुपैयाँ १० पैसामा बन्द भएको थियो । पहिलो ५ कारोबार दिनसम्म केही सय कित्ता शेयर कारोबार हुँदै मूल्य बढदै गरेको कम्पनी पछिल्लो समय भने लाखौं कित्ता कारोबार आउँदा पनि शेयर मूल्य भने सर्किट लेभलमै बढेर बन्द भएको छ ।

१९ औं दिनसम्म पुग्दा जम्मा ५ लाख ९३ हजार ८ सय ६३ कित्ता शेयरको कारोबार भइरहेको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो । अहिलेसम्मको तथ्यांक अनुसार निष्काशित शेयरको २६.३९ प्रतिशत शेयर कारोबारमा आइसकेको छ । पछिल्लो समय शेयर कारोबारीहरुले कम्पनीको वित्तीय पक्ष जस्तोसुकै भए पनि कम्पनीको शेयर आपूर्ति पक्षलाई विशेष ध्यान दिने गरेका छन् जसले गर्दा पब्लिक शेयर न्यून भएका कम्पनी र न्यून चुक्ता पुँजी भएका कम्पनीको शेयर मूल्य आकाशिने गरेको छ ।

बीमा प्राधिकरणले गाउँघरमा लघु बीमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले जीवन बीमा र निर्जीवन बीमा गरी ७ वटा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । लघु बीमा कार्यक्रम अहिले ठूला बीमा कम्पनीहरुले पनि सञ्चालन गर्दै आइरहेकाले तिनीहरुले अपेक्षा अनुरुप व्यापार बढाउन सकेका छैनन । समग्र बीमा बजारमा लघु बीमा कम्पनीहरुको बजार अंश एकदमै न्युन रहेको तथ्यांकले देखाउँछ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आवको ६ महिनामा १ करोड १५ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ जबकि कम्पनीको २२ करोड ५० लाख रुपैयाँको आइपीओ निष्काशन गरेपछि चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुगिसकेको छ ।

साढे २ लाख कित्ता गार्डियनको शेयर ब्रोकर ५५ सँग

१९ दिनसम्मको कारोबारमा ५५ नम्बरको ब्रोकरले ३ लाख ४ सय ९८ कित्ता शेयर किनेर जम्मा ५३ हजार ४ सय ८० कित्ता मात्रै शेयर बेचेको छ । तथ्यांक अनुसार ब्रोकर नम्बर ५५ सँग २ लाख ४७ हजार १८ कित्ता शेयर होल्डिङमा छ । ५५ को औसत मूल्य १६ सय ९७ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यसैगरी ब्रोकर नम्बर १३ ले १८७ हजार ४ सय ४३ कित्ता शेयर होल्डिङ गरेको छ भने ७१ नम्बर ब्रोकरसँग १६ हजार ७ सय १० कित्ता शेयर होल्डिङमा छ । १९ कारोबार दिनमा अन्य ब्रोकरमध्ये ६४ ले ७ हजार, ८४ ले ३ हजार, ७४ ले १८ सय कित्ता होल्डिङ गरेका छन् भने बाँकी ब्रोकरको होल्डिङ शेयर एक हजार भन्दा कम छ ।




दोस्रो बजारमा "स्पूफिङ" गर्ने क्रम बढ्दो, सर्वसाधारण लगानीकर्ता जोखिममा, के हो "स्पूफिङ" ?

Mar 14, 2025 06:15 AM

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर कारोबार गर्ने अनलाईन प्रणाली टिएमएस(ट्रेड म्यानेजेमेन्ट सिस्टम)मा बुधबार मध्यान्ह १२ बजेर ५२ मिनेट ५२ सेकेण्ड गएको छ।