नेटाले आईआईएमएस २०२५ मा ३२८ बुकिङ प्राप्त गर्दै अन्तरराष्ट्रिय उपस्थिति सुदृढ गर्यो

Mar 10, 2025 08:40 AM Merolagani



पीटी नेटा अटो इण्डोनेसियाले २०२५ इण्डोनेसिया इन्टरनेश्नल मोटर शोमा सफलतापूर्वक पहिलो सहभागिता जनाएको छ। फेब्रुअरी १३ देखि २३ सम्म जआईएक्सपो केमायोरन, जकार्तामा आयोजित शोमा नेटा भी र नेटा एक्स को ३२८ बुकिङ प्राप्त गरेको छ।

पीटी नेटा अटो इण्डोनेसियाका प्रबन्ध निर्देशक, क्रिस लान भन्छन्, ‘यो उपलब्धिले इण्डोनेसियाली ग्राहकहरूको विश्वास दर्शाउँछ र उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ।’

आईआईएमएस २०२५ मा नेटाले नेटा भी–२ अर्वान स्पोट्र्स कन्सेप्ट प्रस्तुत गर्दै निःशुल्क वाल चार्जर, विशेष बीमा, र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू प्रदान गरेको थियो। साथै, नेटाले आफ्ना उपभोक्ताहरूलाई विशेष रूपमा स्टलमा आमन्त्रित गरी अन्तरक्रिया बढाएको थियो। लान भन्छन्, ‘इण्डोनेसिया विश्वकै ठूला ईभी बजारमध्ये एक बन्ने सम्भावना राख्छ। नेटाले यस रूपान्तरणलाई समर्थन गर्दै बिक्रीपछिको सेवा सञ्जाल विस्तारमा केन्द्रित रहनेछ।’

यसैबीच, नेपालमा नेटाको आधिकारिक वितरक सीजी मोटर्सले १ हजारभन्दा बढी नेटा भी र नेटा एक्स बिक्री गरिसकेको छ, जसलाई २२ बिक्री तथा सेवा केन्द्रहरू र २५०ं चार्जिङ स्टेशनहरूको नेपालकै सबैभन्दा ठूलो ईभी नेटवर्कको साथ समर्थन गरिएको छ। सीजी मोटर्स र नेटा ब्रान्डप्रति बढ्दो विश्वासले नेपाल ईभी बजारमा नयाँ उपलब्धि हासिल गरेको छ।




सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट

Feb 17, 2026 10:01 AM

फागुन ५ गते, मंगलबार, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।