बाह्य सूचक झन झन मजबुत बन्दै, विदेशी मुद्रा सञ्चितिले १७.२ महिनाको वस्तु आयात धान्न पर्याप्त

Mar 10, 2025 05:43 PM MeroLagani
2
0



रेमिट्यान्स आप्रवाह वृद्धिसँगै शोधनान्तर वचत रकममा वृद्धि हुने क्रमले माघमा पनि निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वर्तमान स्थिति अनुसार माघ मसान्तसम्म सरकार २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँ शोधनान्तर बचतमा रहेको छ ।

शोधनान्तर बचत भनेको देश भित्रिने र देश बाहिर जाने रकमको भिन्नता हो । नेपालमा वैदेशिक व्यापार बचतमा नरहे पनि नेपालबाट वैदेशिक रोजगारमा जाने कामदारहरुले पठाउने रेमिट्यान्स हरेक वर्ष बढ्दो छ । चालु आवको सात महिनामा ९ अर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको छ जुन अघिल्लो वर्ष भन्दा १८ दशमलब ८ प्रतिशतले बढेको छ ।

यता चालु वर्षदेखि आयात गत वर्षको सात महिनाको तुलनामा चालु आवको सात महिनामा १० दशमलब १ प्रतिशतले बढे पनि निर्यातमा पनि ४६.५ प्रतिशतले बढेको छ । विशेषगरी प्रशोधित भटमास तेलको भारत निर्यातमा वृद्धि हुँदा नेपालको आयात निर्यात व्यापारको आँकडामा भारी वृद्धि भएको तथ्यांकले देखाएको छ ।

रेमिट्यान्सको एकनाशको वृद्धि, निर्यात व्यापारले समेत फड्को मार्दै जनाले नेपालको विदेशी विनिमय सञ्चिति क्रमशः बढ्दै गएको छ । चालु आवको सात महिनासम्म नेपालसँग २३ खर्ब ६९ अर्ब करोड रुपैयाँ सञ्चिति रहेको छ । यो गत असार मसान्तको तुलनामा १६.१ प्रतिशतले बढी हो । असार मसान्तसम्म नेपालसँग २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यो सञ्चिति १७ अर्ब ५ करोड डलर बराबर छ । यो सञ्चितिले १४.४ महिनाको वस्तु तथा सेवा आयात र १७.२ महिनाको वस्तु आयात गर्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

बाह्य अर्थतन्त्र मजबुत रहे पनि सरकार भने अझै पनि घाटामै रहेको छ । सरकारले चालु आवको माघ मसान्तसम्म ७ खर्ब ५४ अर्ब ८५ करोड रुपैयाँ खर्च गर्दा ६ खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ ।

माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा २ खर्ब ४५ अर्ब ३५ करोड रुपैयाँले निक्षेप बढेको राष्ट्र बैंकको तथ्यांक छ तर वित्तीय संस्थाहरुले २ खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँले कर्जा प्रवाह बढेको छ । बैंक निक्षेप ३.८ प्रतिशतले बढ्दा कर्जा भने ५.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले भने १२ प्रतिशतले कर्जा बढाउने लक्ष्य लिएको थियो ।




दोस्रो बजारमा "स्पूफिङ" गर्ने क्रम बढ्दो, सर्वसाधारण लगानीकर्ता जोखिममा, के हो "स्पूफिङ" ?

Mar 14, 2025 06:15 AM

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर कारोबार गर्ने अनलाईन प्रणाली टिएमएस(ट्रेड म्यानेजेमेन्ट सिस्टम)मा बुधबार मध्यान्ह १२ बजेर ५२ मिनेट ५२ सेकेण्ड गएको छ।