देशमा राजनीतिक अस्थिरता हुने सक्ने आंकलन गरिएका कारण बजारले ठूलो करेक्सन लिएको बुझाई रहेको छ । निरन्तरको गिरावटले लगानीकर्ताको मनोभावना कमजोर बनाएको छ । ब्रोकरको बाँकी भुक्तानी बुझाउनु पर्ने चटाराे र स्टपलसको रणनीतिमा लाग्दा बजार थप दवाव परेको हो । सोही अनुसार शेयर बजार निरन्तर घट्ने क्रम नरोकिएको लगानीकर्ताको बुझाई छ ।
बजार निरन्तर घटिसकेको छ । अब बजारले केही दिन सम्हालिदै पुनः सकारात्मक गति समाउनेमा लगानीकर्ताको विश्वास रहेको छ । अहिलेको विन्दुमा शेयर बिक्री गर्ने भन्दा हाेल्ड गर्नेले जित्ने उनीहरुकाे बुझाई छ । समग्र आर्थिक सूचकहरु सकारात्मक छन् । बैंकको ब्याजदर घट्दो अवस्थामा छ । पर्याप्त तरलता छ । कम्पनीहरुकाे प्रगति सुधारात्मक भएकाले लगानीकर्ता धेरै डराउनु पर्ने अवस्था नरहेको बुझाई छ ।