ओम मेगाश्री फर्मास्यूटिकल्सकाे आईपीओ पहिलाे दिन नै ४.१८ गुणा बढी माग

Mar 11, 2025 05:37 PM Merolagani



ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड(OM)काे आईपीओ पहिलाे दिन नै ४.१८ गुणा बढि माग भएकाे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको प्राथमिक शेयरमा ४ लाख ९८ हजार १६१ वटा आवेदन परेकाे छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार बेलुकी ५ बजेर ८ मिनेटसम्ममा कम्पनीकाे आईपीओमा ६१ कराेड ७३ लाख ६२ हजार रूपैयाँ बराबरकाे ६१ लाख ७३ हजार ६२० कित्ता शेयर माग भएकाे हाे ।

कम्पनीले हाल दोस्रो चरणमा बाँकी रहेको १४ करोड ७६ लाख रुपैयाँ बराबरको १४ लाख ७६ हजार कित्ता शेयर सर्वासाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीले आज अर्थात फागुन २७ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ। 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।