७ कारोबार दिनपछि बढ्यो नेप्से, कारोबार रकम भने सामान्य घट्यो

Mar 12, 2025 03:09 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ७ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

बुधबार नेप्से परिसूचक १७.२८ अंक बढेर २७३६.४८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स अंक २.५५ बढेको छ भने फ्लोट इण्डेक्स १.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ७९ हजार २३६ पटकको कारोबारमा ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँबराबरको २ करोड २९ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन प्रभु इन्स्योरेन्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३८० रुपैयाँ ८० पैसा घटेर ३ हजार ४२७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८१ करोड ३६ लाख रुपैयाँबराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको ५६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ४९ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक सामान्य घटेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।