राजावादी दलहरुका कारण शेयर बजारमा उच्च पहिराे गएकाे थियाे । त्याे पहिराे थामथुम नहुँदै पुनः विपक्षमा रहेका दलहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । यसले पुनः शेयर बजारलाई प्रभावित पार्ने अनुमान गरिएकाे छ ।
२९ सय अंकसम्म पुगेकाे नेप्से दलहरुकाे आन्दोलनलगायतका कारण घटेर २७३६.४८ विन्दुमा झरेको छ। यसरी उच्च अंकले घटिरहेकाे शेयर बजारमा बिपक्षी दलहरुकाे थप आन्दोलनले प्रभाव पार्ने निश्चित जस्तै देखिएकाे छ ।
यसैबीच, समाजवादी माेर्चाले यही चैत १५ गते बिरोध कार्यक्रम गर्ने भएकाे छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौंमा वृहत बिरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारी गर्ने निर्णय माेर्चाले गरेकाे छ । प्रतिगामी कदम र हर्कतलाई असफल गर्नेगरी १५ गतेको बिरोध कार्यक्रम गर्ने निस्कर्ष माेर्चाले निकालेकाे हाे ।
यसैगरी, नेकपा (एकीकृत समाजवादी)ले चैत र वैशाखमा गर्ने आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेकाे छ । आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन भएको पार्टीका महासचिव घनश्याम भुसालले बताए ।
उनले चैत्र ७–१५ सम्म केन्द्रिय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग संवाद तथा सुझाव संकलन गर्ने बताए । उनले चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने, वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने कार्यक्रम रहेको बताए ।
उनले वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने र वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने र वैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक आन्दोलनको कार्यक्रम गर्ने घोषणा गरेको छ । यो अभियान बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी भएको र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरुका बीच सहकार्य र एकताको अभियान भएको जिकिर गरे ।
नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक समस्या समाधान गर्न नसक्ने आरोप लगाएको छ । सत्ता गठबन्धनले नालायकीपन देखाएको आरोप लगाउँदै यसबारेमा जनतालाई सुचित गर्न जरुरी भइसकेको ठहर गरेको छ । रोजगारी र सुशासन राज्यको मुद्दा नबनुन्जेलसम्म आन्दोलन जारी रहने जिकिर गरेको छ ।