ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य घट्यो

Mar 16, 2025 10:49 AM Merolagani



चैत ३ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य यस दिन घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ४०० रुपैयाँ घटेर १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य पनि घटेको छ। गत शुक्रबार तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलाकाे २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।