ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य घट्यो

Mar 16, 2025 10:49 AM Merolagani



चैत ३ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य यस दिन घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ४०० रुपैयाँ घटेर १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य पनि घटेको छ। गत शुक्रबार तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलाकाे २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।