आइतबार नेप्से सूचक २१.६३ अंकले घटेर २७१४.८५ विन्दुमा झरेको छ भने ६ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिद बिक्री भएको छ । आइतबारको बजारमा कारोबार रकममा समेत ठूलो गिरावट आएको छ । गत हप्ता औसत १० अर्ब माथि कारोबार भइरहेकोमा आज ६ अर्बको लाईनमा झरेको हो ।
बजार निरन्तर रुपमा घट्दा अल्पकालीन नाफा बुक भएकाे छैन । नाफा भएका लगानीकर्ताले सुरक्षित गरिसकेका छन् भने यो विन्दुमा धेरै लगानीकर्ताले स्टपलस गरेकाे अवस्था छ । अझैपनि बजारले सम्हालिने प्रयास नगर्दा लगानीकर्ताहरु निरास भएका छन ।
अर्कोतर्फ ब्रोकरहरूले उधारो सेटलमेन्टको दबाब दिँदा सूचक प्रभावित भएको हो । बजार छोटो समयमा फराकिलो अंकको गिरावट भएको छ । यो बिग्रदो अवस्थामा ‘वेट एन्ड वाच’ मुडमा लगानीकर्ता रहेका छन् ।