चैत १० गते नेपालमा स्मार्ट टिभी सार्वजनिक गर्दै डेवू

Mar 17, 2025 06:00 PM Merolagani



उच्च गुणस्तर र प्रविधिका लागि विश्वप्रसिद्ध डेवूले चैत १० गतेदेखि नेपालमा स्मार्ट टिभीहरु सार्वजनिक गर्दैछ। उत्कृष्टता र नवप्रवर्तनलाई पछ्याइरहेको डेवोले नेपाली उपभोक्ताहरूलाई स्थानीय प्राथमिकताहरू अनुरूप अतुलनीय दृश्य अनुभव प्रदान गरेर घरेलु मनोरञ्जनमा रूपान्तरण गर्न तयार छ।

डेवूले सार्वजनिक गर्न लागेको स्मार्ट टिभीमा क्लियर टिभी, मेरोलगानी, मेरोस्कूल, हाम्रो पात्रो र एभिन्यूज टिभी जस्ता स्थानिय एपहरु एक क्लिकमा हेर्न सकिनेछ। यसका साथै यसको क्रिस्टल क्लियर डिस्प्लेमा एचडी र फोरके अल्ट्रा एचडी रिजोलुशनसहित अद्भुत दृश्यको मज्जा लिन सकिने कम्पनीले बताएको छ। यस भित्र जडित स्पिकर तथा डोल्बी साउण्ड टेक्नोलोजिले उच्च स्तरीय अडियोको अनुभुति गराउने कम्पनीको भनाइ छ।

डेवूका स्मार्ट टिभीहरु प्रमुख पसल तथा दराजजस्ता अनलाइन प्लेटफर्ममा उपलब्ध हुने कम्पनीले बताएको छ। बिक्रीपछिको उत्कृष्ट सेवा र बलियो वारेन्टीसहित, ग्राहकले गुणस्तरिय र भरपर्दो सामानमा लगानी गरिरहेको छन् भन्ने आत्मविश्वास पाउन सक्ने कम्पनीको दाबी छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।