निरन्तर दोस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

Mar 17, 2025 03:17 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १०.१४ अंक घटेर २७०४.७० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.९५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ६ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३१ स्टकको ५७ हजार ५८५ पटकको कारोबारमा ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँबराबरको ९९ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको महालक्ष्मी विकास बैंकको शेयरमूल्य सर्वाधिक ५.६३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन घलुम्दी हाइड्रोको शेयरमूल्य साढे ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको साढे ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने महालक्ष्मी विकास बैंकको करिब साढे २२ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। त्यस्तै, यस दिन एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो भने म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशत घटेको छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।