एक महिनापछि २७०० विन्दुमुनि नेप्से

Mar 18, 2025 03:18 PM Merolagani



मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से घटेसँगै २७०० विन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक १ महिनापछि २७०० विन्दुभन्दा तल झरेको हो।

यस दिन नेप्से परिसूचक ७.६६ अंक घटेर २६९७.०४ विन्दुमा झरेको छ। यस अघि गत फागुन ४ गते नेप्से २७०० विन्दुभन्दा तल झरेको हो। सो दिन नेप्से परिसूचक २६९८.०३ विन्दुमा बन्द भएको थियो। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ५ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ स्टकको ५० हजार ८३४ पटकको कारोबारमा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँबराबरको ८२ लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९६ प्रतिशत बढेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १६४ रुपैयाँ बढेर प्रतिकित्ता १ हजार ८१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन पावर पार्टनरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ११ लाख १७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोपावरको करिब २३ करोडको शेयर खरिदबिक्री भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.११ प्रतिशत बढेको हो। यस दिन घटेका १२ उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।