यस साता किन बनायो सुनको मूल्यले नयाँ रेकर्ड?

Mar 22, 2025 07:26 AM Merolagani



यस साता नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यले रेकर्ड बनाएसँगै नेपाली बजारमा पनि सुनको मूल्यले रेकर्ड बनाएको हो।

यस साताको बुधबार, छापावाल सुनको मूल्य १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।

साताको पहिलो दिन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको दोस्रो दिन अर्थात सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्यले, बुधबार सोही रेकर्डलाई तोड्दै पुनः नयाँ रेकर्ड बनाएको हो। बिहीबार पनि रेकर्ड मूल्यमा कारोबार भएको सुन, शुक्रबार भने तोलामा १ हजार रुपैयाँ घटेर कारोबार भएको हो।

रुस युक्रेनबीचको युद्ध नरोकिएको र इजरायलले गाजामा पुनः आक्रमण थालेसँगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको विश्लेषकहरुको भनाइ छ।

यस साता नेपाली बजारमा चाँदीको मूलय भने केही घटेको छ। आइतबार प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी, साताको अन्तिम कारोबार दिन १ हजार ९९५ रुपैयाँमा कारोबार भएको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।