६ कारोबार दिनपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Mar 24, 2025 03:24 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो। पछिल्लो ६ कारोबार दिनमा नेप्से १२१.७७ अंक घटेको थियो।

सोमबार नेप्से परिसूचक २६.१० अंक बढेर २६४०.७८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२८ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ६ अर्ब ३२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२६ स्टकको ५८ हजार २३५ पटकको कारोबारमा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँबराबरको ९७ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाकाे शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेकाे छ भने पोखरा फाइनान्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य भने यस दिन सर्वाधिक ४.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ६९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावरको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको करिब १३ करोडको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।