६ कारोबार दिनपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Mar 24, 2025 03:24 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो। पछिल्लो ६ कारोबार दिनमा नेप्से १२१.७७ अंक घटेको थियो।

सोमबार नेप्से परिसूचक २६.१० अंक बढेर २६४०.७८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२८ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ६ अर्ब ३२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२६ स्टकको ५८ हजार २३५ पटकको कारोबारमा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँबराबरको ९७ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाकाे शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेकाे छ भने पोखरा फाइनान्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य भने यस दिन सर्वाधिक ४.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ६९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावरको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको करिब १३ करोडको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।