१४ जीवन बीमा कम्पनीले गरे १ खर्ब भन्दा बढीको व्यापार, व्यवसाय विस्तारमा नेपाल लाइफ र नेसनल लाइफ नै अगाडि

Mar 24, 2025 06:32 PM MeroLagani
1



नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा एक खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आवको सोही अवधिको तुलनामा १०.३३ प्रतिशतले बढेको छ । कम्पनीहरुले गत आवको यस अवधिमा कुल ९८ अर्ब ५३ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

कुल बिमा शुल्क आर्जन सधैंजसो नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ । कम्पनीको सक्रिय बीमा लेख १९ लाख ४ हजार ९६ वटा रहेकोमा फागुनसम्मा व्यवसाय विस्तारबाट ५ अर्ब २४ करोड ८३ लाख रुपैयाँ, वैदेशिक रोजगार बीमाबाट २२ करोड ६९ लाख रुपैयाँ र नविकरण प्रिमियमबापत् २३ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ संकलन गरेकाे छ ।

कुल बीमा शुल्क संकलनको दोस्रो नम्बरमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले फागुन मसान्तसम्ममा १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ । कम्पनीमा १५ लाख ३४ हजार ४ वटा सक्रिय बीमा लेख रहँदा पहिलो प्रिमियमबाट मात्रै ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ, वैदेशिक रोजगार बीमाबाट १५ करोड १४ लाख रुपैयाँ र बीमा नवीकरणबाट १० अर्ब १७ करोड १५ लाख रुपैयाँ संकलन गरेकाे छ ।

कुल बीमा शुल्क संकलनमा लाइफ इन्स्योिरेन्स कर्पोरेसन (नेपाल) र हिमालयन लाइफ इन्स्योरेन्सले क्रमशः १२ अर्ब ५६ करोड तथा ११ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । अन्य बीमा कम्पनीले आर्जन गरेको बीमा शुल्क १० अर्ब रुपैयाँ भन्दा तल रहेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६ अर्ब ६९ करोड, एसियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ६९ करोड, सिटिजन लाइफ इन्स्योरेन्सले ४ अर्ब ४९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड, सानिमा रिलायन्स लाइफले ४ अर्ब २ करोड, मेट लाइफले ३ अर्ब ८८ करोड, आईएमई लाइफले ३ अर्ब २८ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब १९ करोड, रिलायल नेपाल लाइफले ३ अर्ब १७ करोड र सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

सक्रिय बीमा लेखको आधारमा अहिले रिलायवल नेपाल लाइफसँग धेरै ग्राहक रहेको देखिन्छ । कम्पनीसँगै २४ लाख ७५ हजार ९ सय २ वटा सक्रिय बीमा लेख रहेको छ भने सबैभन्दा न्यून सक्रिय बीमा लेख भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग रहेको छ ।

१४ वटा बीमा कम्पनीहरुले पहिलो बीमा शुल्कबापत् २१ अर्ब १२ करोड ५४ लाख रुपैयाँ प्रिमियम संकलन गरेकोमा सबैभन्दा बढी नेपाल लाइफले ५ अर्ब २४ करोड ८३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेकाे छ । सबैभन्दा कम पहिलो बीमा शुल्क संकलन गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५४ करोड ४७ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको छ ।

वैदेशिक रोजगार बीमा शुल्क बापत् फागुन मसान्तसम्म १ अर्ब ९६ करोड ६४ लाख रुपैयाँ संकलन भएकोमा सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्सबाट ३१ करोड ९३ लाख रुपैयाँ संकलन भएको छ भने सबैभन्दा कम राष्ट्रिय जीवन बीमा कम्पनीबाट १ करोड ४९ लाख रुपैयाँ संकलन भएको छ ।

नवीकरण बीमा शुल्क आर्जन गर्नेमा पनि नेपाल लाइफ सबैभन्दा अगाडि नै रहेको छ । कम्पनीले २३ अर्ब ९२ करोड रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको छ भने सबैभन्दा कम सन नेपाल लाइफले १ अर्ब ७६ करोड रुपैयाँ नवीकरणीय बीमा शुल्क संकलन गरेको हो ।

लघु जीवन बीमामा गार्डियन अगाडि

३ वटा लघु जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बीमा शुल्क संकलन गरेको छ । कम्पनीले फागुनसम्म २८ करोड ५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गार्डियनलाई क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले पछ्याउँदै बीमा शुल्क २६ करोड ६४ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै लिबर्टी माइक्रो लाइफले १७ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

पछिल्लो समय गार्डियन माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफले आइपीओ निष्काशन गरिसकेको छ भने गार्डियन माइक्रो लाइफनको शेयर दोस्रो बजारमा २२ सय रुपैयाँ भन्दा माथि कारोबार भइरहेको छ । क्रेस्ट माइक्रो लाइफले पनि शेयर निष्काशन गरेर आइपीओ बाँडफाँड भइसकेको छ तर शेयर सुचीकरण भएर दोस्रो बजारमा कारोबार भइरहेको छैन । लिबर्टीले भने अहिलेसम्म शेयर निष्काशन गरेको छैन ।

 




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।