हुन्डाई नेपालले ‘चुज योर फ्युचर’ थिमसहित सार्वजनिक गर्यो क्रेटा ईभी र मेड इन नेपाल क्रेटा आईस

Mar 25, 2025 09:07 AM Merolagani



हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले हिजो अर्थात चैत ११ गते, क्रेटा ईभी र मेड इन नेपाल क्रेटा आईस सार्वजनिक गरेको छ। काठमाडौँको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा ‘चुज योर फ्युचर’ थिमसहित कम्पनीले यी गाडीहरु सार्वजनिक गरेको हो।

कम्पनीले ग्राहकहरुको आवश्यकता र गतिशीलता अनुसार क्रेटा इलेक्ट्रिक र आईस दुबै मोडेल उपलब्ध गराएको हो। क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ भने क्रेटा आईस (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रुपैयाँ राखिएका छ। नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङको विशेष उपस्थितिमा सम्पन्न भएको क्रेटा आईसको मूल्य, सन् २०२५ मा आयात गरिने आईस मोडेलहरुको तुलनामा ९ लाखसम्म कम रहेको कम्पनीले बताएको छ।

हुन्डाईले नेपालमा सन् २०१५ देखि क्रेटाको बिक्री सुरुवात गरेको थियो। गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्रायः हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोल १० हजार भन्दा धेरै ग्राहकहरुको रोजाइ र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेग्मेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको कम्पनीको भनाइ छ।

क्रेटा ईभीका मूख्य विशेषताहरु

  • २०० एमएम ग्राउण्ड क्लियरेन्स र १७ डिग्रीभन्दा बढी ब्रेकओभर एंगल (सेग्मेन्टमा सबैभन्दा उच्च), जसले हल्का अफरोडमा सहज ड्राइभिङ अनुभव प्रदान गर्छ
  • ११ किलोवाट एसी चार्जिङ (सेग्मेन्टमा मात्र उपलब्ध) जसले हाउसहोल्ड वाल माउन्ट चार्जरबाट केबल ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ
  • स्पेर टायर उपलब्ध, जबकी धेरै प्रतिस्पर्धि ब्राण्डहरुले केबल रिपेर किट मात्र उपलब्ध गराउँछन्
  • एडिएएस, ६ एयरब्याग र ३६० डिग्री क्यामरा जस्ता एडभान्स्ड सुरक्षा विशेषता, जसले अधिकतम सुरक्षा र सुविधा सुनिश्चित गर्दछ।

हुन्डाई नेपालले क्रेटा ईभीका लागि ८ वर्षको ब्याट्री वारेन्टी र क्रेटा आईसको लागि ३ वर्षको भेइकल वारेन्टी उपलब्ध गराउँदै ग्राहकलाई दीर्घकालीन विश्वसनियता प्रदान गर्नेछ।

विगत एक दशकभन्दा बढी समयदेखि नेपालमा हुन्डाई गाडीहरु उपलब्ध गराईरहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले उत्कृष्ट सेवा र ग्राहकको सन्तुष्टिलाई प्राथमिकता राख्दै आएको छ। प्रिमियम तथा गुणस्तरीय सवारी, उच्च रीसेल भ्यालु र उत्कृष्ट बिक्रीपछिको सेवाले गर्दा नै हुन्डाई नेपाली उपभोक्ताहरुको शीर्ष रोजाइमा रहँदै आएको कम्पनीले बताएको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।