वातावरणमैत्री यातायात साधनको माग पुरा गर्ने प्रोटोन ई एमएएस ७

Mar 29, 2025 11:11 AM Merolagani



यस साता नेपाली बजारमा प्रोटोन ई एमएएस ७ गाडी सार्वजनिक भएको छ। प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले मलेसियाली अटोमोबाइल ब्राण्ड प्रोटोनको विद्युतीय गाडी बजारमा ल्याएको हो।

जगदम्बाले प्रोटोन ई एमएएस ७ दुई ट्रिम लेभल– प्राइम र प्रिमियममा उपलब्ध गराएको हो। यी गाडीहरु प्लाटिनम सिल्भर, टक्र्वाइज ग्रीन, स्लेट ग्रे, क्वाट्रेज रोज र लिथियम ह्वाइट गरी ५ रंगमा उपलब्ध छन्।

प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ भने प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ। प्राइम भेरियन्टले ३४५ किलोमिटरसम्म र प्रिमियमले ४१० किलोमिटरसम्मको रेञ्ज दिने कम्पनीले बताएको छ।

ग्लोबल मोड्युसलर आर्किटेक्चर –जीएमए प्लेटफर्ममा निर्माण भएको ई एमएएस ७, प्रोटोनको पहिलो विद्युतीय सवारी साधन हो। १२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम जडित यस गाडीमा नवीनतम सेल–टु–बडी (सीटीबी) ब्याट्री संरचना रहको छ। यस गाडीमा नयाँ पुस्ताको एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ जुन यस अघि प्रयोग गरिने एलएफपी ब्याट्रीभन्दा प्रभावकारी हुने कम्पनीले बताएको छ।

१०० किलोबाट डीसी फास्ट चार्जिङ्ग क्षमता रहेको यस गाडीमा केबल २० मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ।

सुरक्षा र प्रदर्शनः

  • L2–ADAS  (लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम)
  • ३६०–डिग्री भ्यू क्यामेरा
  • ५–स्टार ASEAN NCAP सुरक्षा रेटिङ्ग
  • १६०kW पावर र Nm टर्क
  • ० देखि १००km/h पुग्न ६.९ सेकेन्ड
  • १००km/h बाट रोक्न ३५ मिटर ब्रेकिङ दूरी

इन्टेरियर र आरामः

  • भेन्टिलेटेड कार सिटहरू र प्रशस्त लेगरुम
  • ३३ स्टोरेज कम्पार्टमेन्टहरू
  • WANOS प्रविधिसहितको १६ स्पिकर साउन्ड वेभ सिस्टम
  • २५६–रङको एम्बियन्ट लाइटिङ (श्रेणीमा सर्वश्रेष्ठ)
  • १५.४–इन्च, २.५ K रिजोल्युसन टचस्क्रिन डिस्प्ले

मूल्य कति?

कम्पनीका अनुसार ई एमएएस ७ प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहको छ भने प्रिमियमको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ रहेको छ।

उपलब्धता र बुकिङ

प्रोटोन ई एमएएस ७ अब प्रोटोनको नक्साल फ्ल्यागशिप शोरुममा बुकिङका लागि उपलब्ध छ। ग्राहकहरुले विशेष प्रारम्भिक अफरहरु र सजिलो वित्त योजनाको फाइदा लिन सक्नेछन्।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।