बीमा पोलिसी सरेन्डर गर्नेको संख्या बढ्दो, फागुनसम्म बीमा कम्पनीबाट बाहिरियो ९ अर्ब ८७ करोड, कुन बीमा कम्पनीको कति ? सूचीसहित

Mar 27, 2025 06:10 PM MeroLagani



आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको ७१ हजार भन्दा बढी बीमा पोलिसी सरेन्डर भएका छन । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार फागुन महिनासम्ममा ७१ हजार ५ सय ५४ वटा बीमालेख सरेन्डरबापत कुल ९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ बीमा कम्पनीबाट बाहिरिएको हो ।

बीमा पोलिसी सरेन्डर भन्नाले बीमा योजना समय अगावै तोड्ने वा रद्द गर्ने प्रक्रिया हो। हाल नेपालमा बीमा सरेन्डरको दर बढ्दै गएको छ, जसका पछाडि विभिन्न आर्थिक, सामाजिक तथा नीतिगत कारणहरू रहेको बीमकहरु बताउँछन् ।

चालु आवको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुमध्ये एलआइसी नेपालको सरेन्डर सर्वाधिक रहेको तथ्यांकमा छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक छ । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधीका कारण बीमा पोलिसी सरेन्डरको दर बढ्दै गएको हो। एलआइसी नेपालको १७ हजार ८ सय ८९ वटा पोलिसी बराबर ३ अर्ब ९ करोड ९६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३१ दशमलव ३८ प्रतिशत हिस्सा हो ।

नेपाल लाइफको १५ हजार ५७२ वटा बीमा पोलिसी वापत २ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ बराबरको पोलिसी परित्याग भएको छ जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २६ दशमलव ७१ प्रतिशत हो । तेस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनीको १० हजार १४६ वटा बीमा पोलिसी वापत ९२ करोड ११ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । एशियन लाइफको ५ हजार ८२४ वटा बीमा पोलिसी वापत ६१ करोड १४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । यो बीमा क्षेत्रको कुल सरेन्डर रकमको ६ दशमलव १९ प्रतिशत हिस्सा छ । नेशनल लाइफको ४ हजार १६० वटा पोलिसी वापत ६० करोड ६१ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ ।

सूर्यज्योति लाइफको ३ हजार ९६३ वटा पोलिसी वापत ५३ करोड २१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ भने हिमालयन लाइफको ४ हजार ५८४ वटा बीमा पोलिसी वापत ४२ करोड २७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ।

मेट लाइफको २ हजार ३७८ वटा बीमा पोलिसी वापत २७ करोड ९९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । सिटिजन लाइफको १९ सय ५९ वटा बीमा पोलिसी वापत १८ करोड ४४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सानिमा रिलायन्स लाइफको १ हजार २४७ वटा पोलिसी वापत १७ करोड ४५ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।

प्रभु महालक्ष्मी लाइफको १ हजार २० वटा बीमा पोलिसी वापत १४ करोड २० लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । आइएमई लाइफको ११ सय ९० वटा बीमा पोलिसी वापत १३ करोड ५३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । रिलायबल नेपाल लाइफको १ हजार ९६ वटा बीमा पोलिसी वापत ७ करोड ४४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको ५२६ वटा बीमा पोलिसी वापत ५ करोड ५५ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

तुलनात्मक रुपमा नयाँ बीमा कम्पनीहरुको पोलिसी सरेन्डर दर कम देखिएको छ । सरेन्डर दर कम भएका बीमा कम्पनीहरुमा सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ, आईएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ, आईएमई लाइफ र सिटिजन लाइफ रहेका छन् ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।