संसदमा आफ्नो बजेट भाषणमा कोषाध्यक्ष जिम चाल्मर्सले २०२५–२६ को बजेटका पाँच प्रमुख प्राथमिकताहरू उल्लेख गरे । जीवनयापनको लागत दबाब कम गर्ने, मेडिकेयरलाई सुदृढ पार्ने, आवास बिस्तार गर्ने, शिक्षामा लगानी गर्ने र आर्थिक लचिलोपन बढाउने लगायतका विषयहरु बजेटमा जोड दिइएको छ ।
चाल्मर्सले अष्ट्रेलियालीहरूलाई सहयोग गर्ने सरकारको प्रतिवद्धतामा जोड दिए । २०२६–२७ सम्म सबै करदाताहरूका लागि नयाँ कर कटौती, २०२५ को अन्त्यसम्म थप ऊर्जा बिल राहत र विद्यार्थी ऋण र औषधि लागतमा थप कटौती गर्ने लगायतका विषयहरु समावेश छन् ।
निजी क्षेत्रको मागमा आएको सुधारले अष्ट्रेलियाको अर्थतन्त्र यस वर्ष १.५ प्रतिशतबाट बढेर २०२६–२७ सम्ममा २.५ प्रतिशतमा पुग्ने बताए । ट्रेजरीले ४.२५ प्रतिशतमा शिखर बेरोजगारी घटाउने, बलियो रोजगारी र ज्याला वृद्धि हुने र अपेक्षाभन्दा छिटो मुद्रास्फीति कम हुने पूर्वानुमान गरेको छ ।