एलन मस्कले हालै माइक्रोब्लगिङ्ग प्लेटफर्म ‘एक्स’ लाई आफ्नै कम्पनी ‘एक्सएआई’ लाई बेचेका छन्। ३३ बिलियन डलरमा भएको यो सम्झौता एक स्टक डील हो।
सम्झौता बारे के भन्छन् मस्क?
एलन मस्कले हिजो ‘एक्स’ मा एक पोष्ट शेयर गरेका थिए जसमा उनले ‘एक्स’ र ‘एक्सएआई’ को भविष्य आपसमा जोडिएको बताएका छन्। उनले मोडल, जेटा, डिष्ट्रिब्युशन, कम्प्यूट र ट्यालेन्टलाई एकै ठाउँमा ल्याउने दिशामा कदम उठाइरहेको बताएका छन्। ‘एक्स’को विशाल पहुँच र ‘एक्सएआई’ को एडभान्स एआई क्षमता, दुबैलाई एकैसाथ मिलाएर अपार सम्भावनाको ढोका खोल्ने मस्कको भनाइ छ।
आफ्नो लक्ष्य सत्यताको खाजी गर्ने र ज्ञानलाई बढाउने रहेको मस्कको तर्क छ। यससँगै अरबौँ मानिसहरुलाई धेरै उपयोगी र राम्रो अनुभव दिने काम गर्ने मस्कले बताएका छन्।
के हो ‘एक्स’ लाई खरिद गर्ने ‘एक्सएआई’?
‘एक्सएआई’ यूएसमा आधारित एक अमेरिकी पब्लिक बेनिफिट कर्पोरेशन हो जसले आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्दछ। यस कम्पनीलाई एलन मस्क स्वयम्ले सन् २०२३ मा सुरु गरेका थिए। यस कम्पनीको प्रमुख कार्यालय क्यालिफोर्नियाको सेन फ्रान्सिस्कोमा छ।
मस्कले कतिमा खरिद गरेका थिए ट्विटर?
टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले सन् २०२२ मा ट्विटरलाई ४४ बिलियन डलरमा खरिद गरेका थिए। ट्विटरलाई खरिद गरेपश्चात उनले प्लेटफर्ममा धेरै परिर्वतन गरे जसमध्ये सबैभन्दा ठूलो परिवर्तन नामको विषयमा थियो। ट्विटरको नाम परिवर्तन गरी ‘एक्स’ राखे। यसका साथै उनले अभद्र भाषा र यूजर भेरिफिकेशन तथा गलत सूचनाको नीतिमा पनि परिवर्तन गरेका थिए।
(अनुवादित)