म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या १ हजार ६०० नाघ्यो

Mar 30, 2025 09:57 AM Merolagani
2



म्यानमारमा पछिल्ला दुई दिनमा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार ६०० नाघेको छ। न्यूज एजेन्सी एएफपीका अनुसार शनिबारसम्ममा मृत्यु हुनेको संख्या १ हजार ६४४ पुथेको छ भने ३ हजार ४०८ भन्दा बढी घाइते भएका छन्।

गत शुक्रबार गएको ७.७ रेक्टर स्केलको भूकम्पश्चात हिजोसम्ममा ५ रेक्टर स्केलभन्दा बढीका ३ भूकम्प गइसकेको छ। भूकम्पको झट्का थाईल्याण्ड, बंगलादश, चीन र भारतमा पनि महसुस गरिएको थियो।

म्यानमारमा गत शुक्रबार बिहान करिब १२ बजे ७.७ रेक्टर स्केलको भूकम्प गएको थियो। म्यानमार थाइृल्याण्डमा यो पछिल्लो २०० वर्षयताकै सबैभन्दा ठूलो भूकम्प बताइएको छ। यसका कारण म्यानमारका ६ राज्य र पुरा थाईल्याण्डमा इमरजेन्सी लगाइएको छ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।