एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग हुनसक्ने अवस्था छ: कुलमान

Apr 04, 2025 02:01 PM mero lagani



नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका  कुलमान घिसिङले एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग हुनसक्ने अवस्था विद्यमान रहेको टिप्पणी गरेका छन् । 

शुक्रवार पत्रकार सम्मेलन गर्दै घिसिङले भने, ‘हामीले विश्वसनीय बिजुली आपूर्ति सुनिश्चित गर्‍यो, राष्ट्रको आर्थिक बचत गयौँ र जनताको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्यौँ । प्रभावकारी नेतृत्व, स्पष्ट भिजन, र पारदर्शी विधिबाट प्राप्त यो सफलताको नमुना अब देशका अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ भन्ने मलाई दृढ विश्वास छ । तर एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निर्णयले क्षण भरमा संस्था लथालिङ्ग र भताभुङ्ग हुनसक्ने अवस्था विद्यमान छ । यसको लागि सदैव खबरदारी गर्नु आवश्यक हुन्छ ।’




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।