एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग हुनसक्ने अवस्था छ: कुलमान

Apr 04, 2025 02:01 PM mero lagani



नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका  कुलमान घिसिङले एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग हुनसक्ने अवस्था विद्यमान रहेको टिप्पणी गरेका छन् । 

शुक्रवार पत्रकार सम्मेलन गर्दै घिसिङले भने, ‘हामीले विश्वसनीय बिजुली आपूर्ति सुनिश्चित गर्‍यो, राष्ट्रको आर्थिक बचत गयौँ र जनताको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्यौँ । प्रभावकारी नेतृत्व, स्पष्ट भिजन, र पारदर्शी विधिबाट प्राप्त यो सफलताको नमुना अब देशका अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ भन्ने मलाई दृढ विश्वास छ । तर एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निर्णयले क्षण भरमा संस्था लथालिङ्ग र भताभुङ्ग हुनसक्ने अवस्था विद्यमान छ । यसको लागि सदैव खबरदारी गर्नु आवश्यक हुन्छ ।’




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।