तीनकुने आन्दोलनमा करिब ५ करोडको क्षति भएकाे दाबी, कुन कम्पनीमा कति बीमा दाबी ? सूचीसहित

Apr 06, 2025 05:40 PM MeroLagani



अघिल्लाे शुक्रबार राजावादीको आन्दोलनका कारण भएको क्षतिमा करिब ५ करोड रूपैयाँको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले हुलदंगाको कारणले भएको क्षतिबापत ११ वटा निर्जीवन बीमा कम्पनीमा ४ करोड ८७ लाख ६८ हजार रूपैयाँका लागि ४३ वटा माग दाबी परेको जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनीमा सबैभन्दा बढी १ करोड २७ लाख रूपैयाँको दाबी परेको छ। दोस्रो बीमा दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ करोड १७ लाख रूपैयाँको परेको छ। नेको इन्स्योरेन्समा ५२ लाख रुपैया बराबरको ४ वटा बीमा दाबी निवेदन परेको छ ।

सम्पत्ति बीमाको सर्वाधिक ३ करोड ११ लाख रूपैयाँको दाबी परेको छ। निजी मोटर बीमाको १ करोड २९ लाख र इन्जिनियरिङ तथा ठेकेदार जोखिमको ३७ लाख र विविध अन्तर्गत १० लाख रुपैयाँको बीमा दाबी परेको छ ।

बीमा प्राधिकरणका अनुसार बीमा संख्याका आधारमा सबैभन्दा धेरै निवेदन नेसनल इन्स्योरेन्समा ११ वटा परेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्समा ८ वटा, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ५/५ वटा, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्समा ४/४ वटा, राष्ट्रिय बीमा कम्पनीमा २ वटा दाबी निवेदन परेको छन् भने दि ओरियन्टल, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्समा भने एउटा मात्रै बीमा दाबी निवेदन परेको छ ।

बुधबारसम्म परेको दाबीमा शिखर इन्स्योरेन्सले ४५ हजार रूपैयाँमा ३ वटा दाबी भुक्तानी गरेको छ। गत चैत्र १५ गते शुक्रबार राजावादीहरुले तीनकुनेमा गणतन्त्रको विरोधमा र माओवादी, समाजवादीलगायतका दलहरुले गणतन्त्रमा पक्षमा भृकुटीमण्डपमा प्रदर्शन गरेका थिए । राजावादीको आन्दोलन भने हिंसात्मक हुँदा ठूलो जीउधनको क्षति भएको थियो । आन्दोलनका कारण एक पत्रकार र सर्वसाधारण गरेर दुई जनाको ज्यान गएको थियो ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।