बुटवल पावरले एफपीओ रद्द गरी हकप्रद शेयर जारी गर्ने

Apr 07, 2025 10:57 AM Merolagani



बुटवल पावर कम्पनी (BPCL) ले एफपीओ रद्द गरी हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको चैत २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

 

कम्पनीले प्रिमियम मूल्यमा एक करोड कित्ता एफपीओ बिक्री गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । उक्त एफपीओ प्रक्रिया रद्द गरी अब ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ छ । चुक्ता पूँजीको ४० प्रतिशतले हुने एक अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको हकप्रद जारी हुने भएको हो ।

 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।