बुटवल पावरले एफपीओ रद्द गरी हकप्रद शेयर जारी गर्ने

Apr 07, 2025 10:57 AM Merolagani



बुटवल पावर कम्पनी (BPCL) ले एफपीओ रद्द गरी हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको चैत २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

 

कम्पनीले प्रिमियम मूल्यमा एक करोड कित्ता एफपीओ बिक्री गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । उक्त एफपीओ प्रक्रिया रद्द गरी अब ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ छ । चुक्ता पूँजीको ४० प्रतिशतले हुने एक अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको हकप्रद जारी हुने भएको हो ।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।