कम्पनीको शेयर गत चैत २१ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। सो अनुसार आज स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनपर्ने थियो। तर कारोबार म्याचिङ्ग नभएका कारण कम्पनीको पहिलो कारोबार हुन सकेन। अब कम्पनीको पहिलो कारोबार भोली अर्थात मंगलबारको स्पेशल प्रि ओपन सेसनमा हुनेछ।
कम्पनीले सर्वासाधारण शेयरधनीहरुमा वितरण गरिएको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८० पैसादेखि ३०२ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। नेप्सेले कम्पनीलाई एनएमआईसी स्टक टिकर प्रदान गरेको छ।