क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

Apr 09, 2025 01:34 PM Merolagani



चैत २७ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स (CREST) को शेयर सूचीकृत भएको छ। कम्पनीको ७५ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता यस दिन नेप्सेमा सूचीकृत भएको हो।

धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनबाट कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनेछ। यस अनुसार भोली अर्थात बिहीबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८६ पैसा देखि ३०२ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोलीको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार खुल्नेछ। कारोबारका लागि कम्पनीलाई सीआरईएसटी स्टक टिकर प्रदान गरिएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।