विदेशमा बस्ने नेपालीले राष्ट्रिय परिचय पत्र बिना पनि खाता खोल्न सक्ने

Apr 09, 2025 06:21 PM MeroLagani



विदेशमा बसोबास गर्ने नेपालीहरुले खाता खोल्दा तत्काललाई राष्ट्रिय परिचय पत्र नचाहिने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक निर्देशन जारी गर्दै विदेशमै बसी अनलाइनमार्फत खाता खोल्दा राष्ट्रिय परिचय पत्र बाहेक अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न छुट दिएको हो । तर यसरी खोलिने खाताको सम्बन्धमा खातावाल नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयको विवरण अद्यावधिक गनुपर्नेछ ।