प्रि ओपन सेसन अपडेटः करिब साढे १६ अंक बढ्यो नेप्से

Apr 15, 2025 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १६ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत आइतबार ८.६२ अंक घटेर २६६२.०८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.४३ अंक बढेर २६७८.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.४४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५६ स्टकको ९८ पटकको कारोबारमा २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँबराबरको ५० हजार ७५८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३६ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाका ४६ कर्मचारी बेपत्ता, को–को हुन (नामावलीसहित)

Aug 27, 2026 11:44 AM

रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ जना कर्मचारी बेपत्ता भएका छन्।