वर्षको सुरुवातमै सूचक बढ्यो, पाउला त निरन्तरता ?

Apr 15, 2025 05:30 PM Merolagani



नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन बजारले सकारात्मक गतिको सुरुवात गरेको छ । यसदिन बजार २७.१४ अंकले बढेर २६८९.२२ विन्दुमा पुगेको छ ।

तुलनात्क रुपमा हेर्दा आजको बजारमा कारोबार रकम बढेको छ । मंगलबार ८ अर्ब ५४ करोड रुपैयाँ बढीको शेयर खरिद बिक्री भएको छ । बजार चरम नकारात्मतालाई चिर्दै सकारात्मकतर्फ उन्मुख भएको देखिन्छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमास सकिएको छ । सूचीकृत कम्पनीको वित्तीय प्रगति विवरण पनि प्रकाशित हुने समय नजिकिँदै गर्दा बजार बढ्न सुरु गरेको हो । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दो क्रममा छ । बजारमा अधिक तरलता कायमै छ ।

त्यसैगरी राजनीतिक दलका प्रदर्शनहरू पनि साम्य हुँदैछन् । यसले पनि लगानीकर्तामा  विश्वास बढाउन सुरु गरेको देखिन्छ । यद्यपि बजारको अर्जुन दुष्टि रहेको गभर्नर नियुक्तिले अझै पूर्णता पाएको छैन । त्यसले लगानीकर्ताहरु ढुक्क रहेर कारोबार सकिरहेका छैनन । 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।