पियोर इनर्जीको आईपीओमा १९ गुणा बढी आवेदन

Apr 15, 2025 07:03 PM MeroLagani



पियोर इनर्जी कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा माग भन्दा १९.०२ गुणा बढी आवेदन परेको छ ।

सीडीएससीको तथ्यांक अनुसार मंगलबार साँझसम्म १९ लाख ३६ हजार ५३ जना आवेदकले २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँको २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन परेको छ । यो माग भन्दा १९.०२ गुणा बढी हो ।

माग भन्दा धेरै आवेदन परे गोलाप्रथाबाट बाँडफाँट हुन्छ । कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।