नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन

Apr 16, 2025 08:12 AM RSS



वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ, कात्तिक ११ अर्ब १० करोड रुपैयाँ, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ, पुसमा १५ अर्ब ४७ करोड रुपैयाँ, माघमा १४ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको हो।

यसैगरी, फागुनमा १४ अर्ब ६३ करोड रुपैयाँ र चैतमा १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।