नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन

Apr 16, 2025 08:12 AM RSS



वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ, कात्तिक ११ अर्ब १० करोड रुपैयाँ, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ, पुसमा १५ अर्ब ४७ करोड रुपैयाँ, माघमा १४ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको हो।

यसैगरी, फागुनमा १४ अर्ब ६३ करोड रुपैयाँ र चैतमा १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।