सिटिजन्स सेयर ब्रोकर (ब्रोकर नं. ९१) ले उपत्यका बाहिरका लगानीकर्ताहरुसँग अन्तरक्रिया गर्दै

Apr 16, 2025 02:05 PM MeroLagani



सिटिजन्स सेयर ब्रोकर लिमिटेड (ब्रोकर नं. ९१) ले उपत्यका बाहिरका लगानीकर्ताहरुसँग प्रत्यक्ष संवाद गर्न तथा उनीहरूको अनुभव, सुझाव र अपेक्षाहरू सुन्नको लागि एक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको छ ।

उक्त कार्यक्रम २०८२ बैशाख ६ गते, शनिवार बुटवलको कालिकानगर स्थित दियालो फुडल्यान्डमा बिहान ७ बजे देखि १० बजेसम्म आयोजना गर्न गईरहेको छ । यस कार्यक्रममार्फत सिटिजन्स सेयर ब्रोकर लिमिटेडले काठमाडाैं बाहिर रहेका लगानीकर्ताहरूको आवाज नजिकबाट सुन्ने प्रयास गर्ने उद्देश्य राखेको छ ।

कम्पनीले सेयर बजारको पहुँच र प्रभावकारिता उपत्यका बाहिरका क्षेत्रहरूमा अझ विस्तार गर्नका लागि उपत्यका बाहिरका लगानीकर्ताहरूको अनुभवलाई सुन्नु आवश्यक रहेको र ब्रोक्रेज सेवा सम्बन्धी लगानीकर्ताहरूका समस्या, सुझाव तथा आवश्यकता बुझेर सम्भव भएसम्म तिनीहरूको सम्बोधन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको छ ।

सिटिजन्स सेयर ब्रोकर लिमिटेडले यस्तो प्रत्यक्ष अन्तरक्रियाले लगानीकर्ताहरूको बजारप्रतिको विश्वास अभिवृद्धि गर्न, सेवा सुधारका उपाय पहिचान गर्न र पूँजी बजारको दायरा अझ फराकिलो बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ । साथै, सो कार्यक्रममा सहभागी हुने लगानीकर्ताहरूले ब्रोकर नं. ९१ मा डिम्याट, मेरोशेयर संगै टिएमएस खाता खोल्दा डिम्याट र मेरोशेयर खाताको आजिवन निशुल्क नविकरण हुने सुविधा समेत पाउने कम्पनीले जानकारी गराएको छ ।

 




comments powered by Disqus