नयाँ वर्षको स्वागतसँगै सामसङको टेरा–फिक सुरुवातः ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबी नेपाली बजारमा उपलब्ध

Apr 16, 2025 03:46 PM mero lagani



सामसङले अद्भुत १ टिबी स्टोरेज क्षमता भएको नयाँ ग्यालेक्सी एस २५ अल्ट्राको लन्चको साथ नेपाली नयाँवर्षको सुरुवात गरेको छ ।

यो फ्ल्यागशिप डिभाइस इन्स्टा फाइनान्सद्वारा ०% ब्याजको मासिक रु ११,७५० इएमआईमा प्राप्त गर्न सकिनेछ ।

सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबी नेपाली बजारमा लन्च भएको घोषणा गरेको छ । मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ ।

अभूतपूर्व स्टोरेज र पर्फर्मेन्स्

ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले तपाईँका फोटो तथा भिडियोहरू, एपहरू र फाइलहरू मेमोरीको चितनानलिई सबै सुरक्षित राख्ने अझ बढी क्षमता दिन्छ । सामसङको एआई–फस्र्ट वनयुआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्छ ।

अझ सशक्त एआई क्षमता

  • अरू भेरिएन्टहरूमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई अझ परिष्कृत बनाउँदै, यो नयाँ १ टिबी भेरिएन्तले तपाईँको कार्यक्षमता र सिर्जनात्मकता दुबैलाई नयाँ उचाइ दिन्छ । यसको ठुलो स्टोरेज क्षमताले तपाईँलाई यी एआई फिचरहरू अझ भरपुर प्रयोग गर्न सहयोग गर्छ।
  •  नाउ बर र नाउब्रिफः महत्त्वपूर्ण अपडेट र समाचारहरूको छोटो सारांश तत्काल पाउनुहोस् ।
  •  सर्कल तु सर्चः स्क्रिनमा देखिएका नम्बर, इमेल वा वेबसाइटहरू सजिलै सँग चिन्नुहोस् ।
  •  कल ट्रान्सक्रिप्ट र समरीः फोनमागरिएको कुराकानीको सारांश र ट्रान्सक्रिप्ट पाउनुहोस् ।
  •  राइतिंग असिस्टः नोटहरूको सारांशबनाउनुहोस् वा टेम्पलेटको साथ सजिलै मिलाउनुहोस् ।
  • ड्रइङ असिस्टः आफ्नो स्केच, टेक्स्ट र इमेज आइडियाहरूलाई एकै ठाउँमा ल्याउन सहयोग पाउनुहोस् ।
  • सहज मल्टिटास्किङ र इमर्सिभ डिस्प्लेः उच्चप्रदर्शन र आकर्षक डिस्प्लेका साथ विभिन्न कार्यहरू एकै पटक गर्न सकिने अनुभव पाउनुहोस्  ।   

                                                      ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबी मोबाइल एआईको यात्रामा एक महत्त्वपूर्ण उन्नतिको कदम हो, जसले प्रयोगकर्तालाई अभूतपूर्व क्षमताहरू,स्मार्ट सहयात्रीको अनुभव र दैनिक जीवन सजिलो बनाउने टेक्नोलोजी प्रदान गर्दछ।                                                                                                                                                                    मूल्य र उपलब्धता

यो नयाँ भेरिएन्ट वैशाख ४, २०८२ देखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमाउपलब्धहुनेछ।

सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधामार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ ०% ब्याजमा ग्यल्केसी एस २५ अल्ट्रा १ टिबी मासिक रु ११,७५० इएमआई सम्मबाट प्राप्त गर्न सकिने छ। यस प्रक्रियाका लागि नागरिकता मात्र पर्याप्त हुनेछ । साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकिज इन्सुरेन्स पनि दिइने छ। पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस २५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि  एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।