ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य घट्यो

Apr 18, 2025 10:39 AM Merolagani



बैशाख ५ गते, बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात बिहीबार ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य यस दिन भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहको छ। बिहीबार यस्तो सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो। यस दिन भने यस्तो सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेको हो।

यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको संघले जनाएको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।