ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य घट्यो

Apr 18, 2025 10:39 AM Merolagani



बैशाख ५ गते, बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात बिहीबार ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य यस दिन भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहको छ। बिहीबार यस्तो सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो। यस दिन भने यस्तो सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेको हो।

यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको संघले जनाएको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।