सन् १७३३ मा बेलायतबाट बजेटको शुरुवात भएको हो । बेलायतका तत्कालीन बित्तमन्त्री वालपोलले सर्वप्रथम बजेट प्रस्तुत गरेका थिए । नेपालमा विसं २००८ देखि बजेट प्रणालीको शुरुवात भएको हो । विसं २००८ माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरबाट सर्वप्रथम बजेट प्रस्तुत गरिएको थियो ।विसं २०७२ मा जारी भएको नयाँ संविधानमा सरकारले हरेक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ । त्यो भन्दा अगाडि असार महिनामा बजेट पेश गरिन्थ्यो । नेपालमा नयाँ आर्थिक वर्ष साउन १ गते शुरु हुने भएकोले बजेट कार्यान्वयन पनि साउन १ गतेबाट हुन्छ ।
बजेट निर्माणका चार चरण
अर्थमन्त्रालय यतिबेला बजेट निर्माणको अन्तिम चरणमा रहेको छ । सामान्यतया बजेट निर्माण वर्षभरी नै निरन्तर चलिरहने प्रक्रियागत चक्र हो । त्यही पनि फागुन मध्य र चैत्र लागेपछि नेपालमा बजेट निर्माण प्रकृयाले गति लिने गरेको छ ।
बजेट निर्माण र कार्यान्वयनका चार चरण
बजेट निर्माणः
सरकारले सरकारको आउने आर्थिक वर्षको लागि आय र खर्च (बजेट योजना) तयार गर्दछ ।
बजेट स्वीकृति:
व्यवस्थापिका संसदले आर्थिक विधेयक र विनियोजन विधेयक (प्रस्तावित आय खर्च विवरणबाहेक बजेट कार्यान्वयनका लागि चाहिने कानुनी आधार) माथि आवश्यक छलफल र संशोधन गरी बजेट पारित गर्दछ ।
कार्यान्वयन:
सरकारले बजेटका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनका लागि आम्दानी संकलन गर्ने र व्यवस्थापिकाको स्वीकृतिबमोजिम विभिन्न सेवाका लागि वितरण गर्नेरखर्च गर्ने काम गर्दछ ।
लेखापरीक्षण र संसदीय मूल्याङ्कन:
राष्ट्रिय लेखापरीक्षण संस्था (जस्तै, महालेखा परीक्षक) र संसद्को सार्वजनिक लेखा समितिले बजेट खर्चलाई मूल्याङ्कन गर्दछ ।
बजेटका प्रकार
विभिन्न आधारमा बजेटलाई विभिन्न प्रकारमा विभाजन गर्न सकिन्छ । जस्तै,
आय र व्ययबीचको सम्बन्धको आधारमा
यस आधारमा बजेटलाई निम्न अनुसार तीन प्रकारमा बाँडन सकिन्छ:
(क) सन्तुलित वजेट (Balenced Budget) आम्दानी र खर्च बराबर भएको बजेट
(ख) घाटा बजेट (Dificit Budget) आम्दानीभन्दा खर्च वढी भएको बजेट
(ग) बचत बजेट (Surplus Budget) आम्दानीभन्दा खर्च कम भएको बजेट
कार्य वा उद्देश्यको आधारमा
कार्यसम्पादन बजेट (Preformance Budget) कार्यसम्पादनको आधारमा बजेट विनियोजन गरिने ।
कार्यक्रम बजेट (Programme Budget) खास कार्यक्रमको आधारमा बजेट विनियोजन गरिने ।
शून्यमा आधारित बजेट (Zero Based Budget) विगतको खर्चको कुनै आधार नलिई हरेक पटक आवश्यकता र लागतको आधारमा बजेट विनियोजना गरिने ।
आम्दानी खर्चको आधारमा
साधारण बजेटः सरकारको तलव भत्ता लगायतका दैनिक कामकाजको लागि खर्च गरिने बजेट । बजेट निर्माणको महत्वपूर्ण अंगका रुपमा खर्चलाई हेरिन्छ। खर्चलाई अनुमान गरेर बजेट निर्माण कार्य अगाडि बढ्छ। यसमा चालू खर्च र साधारण खर्चलाई प्राथमिकतामा राखिन्छ। दैनिक प्रशासनिक कार्य, शान्ति सुरक्षाको व्यवस्था, परराष्ट्र सम्बन्ध लगायतका विषयलाई आधार मानेर चालू खर्च निर्धारण गरिन्छ।
विकास बजेटः विकाससंग सम्वन्धित कामको लागि खर्च गरिने बजेट ।
सरकारले एक वर्षमा गर्ने विकास निर्माण, पूर्वाधार विकास, आर्थिक विकास लगायतका कार्यहरु सञ्चालन गर्नका लागि विकास बजेट निर्धारण गरेको हुन्छ। त्यस्तै, खर्चको पाटोका रुपमा वित्तीय व्यवस्था रहेको हुन्छ। यो शीर्षकमा सरकारले लिएको आन्तरिक तथा वाह्य ऋण भुक्तानी गर्न बजेट छुट्याइन्छ। सरकारले सार्वजनिक क्षेत्रमा गर्ने ऋण लगानी, सेयर लगानीलाई पनि वित्तीय बजेटमा समावेश गरिएको हुन्छ।
बजेटको दोस्रो स्रोत वैदेशिक साहयता हो। वैदेशिक सहयता अन्तर्गत ऋण र अनुदानको रकम पर्छ। सरकारले ऋण कति आउँछ त्यसलाई आधार मानेर बजेट निर्माण गरेको हुन्छ। बजेट निर्माणअघि साँवा र्फितालाई अध्ययन गर्छ। यी स्रोतबाट भएको आम्दानी बजेट खर्च भन्दा बढी भयो भने त्यसलाई घाटा बजेट बन्छ। त्यसलाई सन्तुलन गर्नका लागि सरकारले आन्तरिक ऋण लिने गर्छ।
खर्च र आम्दानीको अकार निर्धारण भएपछि बजेटको आकार निर्धारण हुन्छ।