बैंकले हाल कायम चुक्ता पूँजीको १८.२० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १३.५३ प्रतिशत बोनस शेयर रहेको छ भने ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ। भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।