ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा

Aug 26, 2025 11:18 AM Merolagani



ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षको लागि प्रतिफल घोषणा गरेको छ।

क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

भदौ ९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।