ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा

Aug 26, 2025 11:18 AM Merolagani



ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षको लागि प्रतिफल घोषणा गरेको छ।

क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

भदौ ९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।