यस साता सेन्सेटिभ इण्डेक्स ६.८९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अंक बढेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ९ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ५६ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४.०८ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या ०.१२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १०.३३ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ६२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६४ अर्ब रुपैयाँ बढेर ४४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.१३ प्रतिशत बढेको छ। गत साता २३९७.७९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४६.९८ अंक बढेर २५४४.७७ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढको छ।
अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता १२ हजार २३१.६२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४१३.५१ अंक बढेर १२ हजार ६४५.१३ विन्दुमा पुगेको छ।
कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस साता सर्वाधिक १.२६ प्रतिशत घटेको छ। गत साता २३१२.२० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २९.२१ अंक घटेर २२८२.९९ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४७.५५ अंक घटेको छ।

यस साता नेप्सेमा ११ लाख ८४ हजार ६८६.६० कित्ता सूचीकृत भएको छ। यस साता आरएसडिसी लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलोपर्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ६१.०४ प्रतिशत बढेको छ। गत साता १ हजार ३८७ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य, यस साता २ हजार २३४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य पनि ६१.०३ प्रतिशत बढेको छ। कारोबारमा आएको रिभर फल्स पावरको शेयरमूल्य यस साता सर्वाधिक १८.०९ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने विन नेपाल लघुवित्त वित्तीय संस्था, शिखर इन्स्योरेन्स कम्पनी, ओरियन्टल होटल्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

