सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Feb 14, 2026 06:47 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ। गत साता २७०८.७० विन्दुमा बन्द भएको नेप्से, यस साता १.३९ प्रतिशत अर्थात ३७.६३ अंक घटेर २६७१.०७ विन्दुमा बन्द भएको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन नेप्से बढेको थियो भने ४ कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ३.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ।

नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा ९ अर्ब १ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १० अर्ब १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १२.८७ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १२.८९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १.९० प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६३ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ८४ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक ०.३२ प्रतिशत बढेको हो। गत साता ३५८१.४३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ११.६२ अंक बढेर ३५९३.०५ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको छ।

यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.१५ प्रतिशत घटेको छ। गत साता ७६८७.१९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४७२.७४ अंक घटेर ७२१४.४५ विन्दुमा झरेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ।

यस साता साहस उर्जाको ७९ लाख ३८ हजार कित्ता बोनस शेयर र सिटिजन्स सन्तुलित योजनाको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको छ।

यस साता खानी खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक २७.१४ प्रतिशत बढेको छ। गत साता २५१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर यस साता ३२० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता रिडी हाइड्रोपावरको शेयरमूल्य साढे २२ प्रतिशत बढेको छ भने हिमालयन उर्जा विकास कम्पनीका शेयरमूल्य ११ प्रतिशतभन्दा बढी बढेको छ। यस साता कालिञ्चोक दर्शनको शेयरमूल्य सर्वाधिक १६.४३ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयरमूल्य साढे १५ प्रतिशत घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता राष्ट्रिय बीमा कम्पनी, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल ब्यालेन्स्ड फण्ड ३ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने बोटलर्स नेपाल, शुभम् पावर कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।