सातामा करिब १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jan 10, 2026 06:05 AM Merolagani



यस साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६२०.९२ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.७५ प्रतिशत अर्थात १९.६२ अंक बढेर २६४०.५४ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो।

 

यस साता सेन्सेटिभ इण्डेक्स १.६४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२६ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ७४ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.९१ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २.८५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ९.९७ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३३ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ। गत साता २३०५.२० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७७.४५ अंक बढेर २३८२.६५ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता ८५४२.८० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २४६.७० अंक बढेर ८७८९.५० विन्दुमा पुगेको छ।

यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८१ प्रतिशत घटेको छ। गत साता २३६८.७१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १९.२१ अंक घटेर २३४९.५० विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ।

नेप्सेमा यस साता १ कम्पनीको १ लाख ६२ हजार कित्ता शेयर सूचीकृत भएको छ। यस साता नेपाल फाइनान्सको लिलामीमार्फत बिक्री गरेको लिलामी प्रकृयामार्फत बिक्री गरेकाे संस्थापक समूहकाे हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक १९.१३ प्रतिशत बढेको छ। गत साता १ हजार ५६ रुपैयाँमा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर यस साता १ हजार २५८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १९ प्रतिशत बढेको छ भने श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको शेयरमूल्य साढे १८ प्रतिशतभन्दा बढी बढेको छ। यस साता नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य सर्वाधिक १०.२४ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ८ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता राष्ट्रिय बीमा कम्पनी सिचार्ग इक्विटी फण्ड, थ्रिस्टार हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने नेशनल लघुवित्त वित्तीय संस्था, रु रु जलविद्युत परियोजना, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




सुन र चाँदीको मूल्यमा गिरावट

Feb 16, 2026 11:04 AM

फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो ।