एचआईडिसिएलको नाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो

May 11, 2025 10:13 AM Merolagani



हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७२ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.१५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ९ रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी २८.५३ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ३३.१३ प्रतिशत घटेको छ। त्यसतै, कम्पनीको लाभांश आम्दानी ५०.१३ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४३ पैसा घटेर ३ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। चेत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपेयाँ ७८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७२.८२ गुणा रहेको छ।

२४ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ६२ करोड ९० लाख रुपैयाँ सञ्चित छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।