हाथवे इन्भेष्टमेन्टको खुद नाफा घट्यो

May 13, 2026 12:29 PM Merolagani



हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

१. आम्दानी र नाफाको अवस्था

चैत मसान्तसम्ममा कम्पनीले २ करोड २६ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.४२ प्रतिशत कम हो।

सञ्चालन आम्दानीः कम्पनीले चैत मसान्तसम्ममा सञ्चालनबाट ११ करोड ५७ लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको छ।

कुल खर्चः कम्पनीको कुल खर्च ९ करोड ३८ लाख ६३ हजार रुपैयाँ रहेको छ।

२. लगानी र सम्पत्ति विवरण

कम्पनीको लगानी पोर्टफोलियो निकै ठूलो देखिएको छ।

धितोपत्रमा लगानीः कम्पनीले धितोपत्रमा मात्रै २ अर्ब १९ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ।

घरजग्गामा लगानीः ‘इन्भेष्टमेन्ट प्रोपर्टी’ अन्तर्गत कम्पनीको १८ करोड ३४ लाख २० हजार रुपैयाँ बराबरको सम्पत्ति रहेको छ।

कुल सम्पत्तिः कम्पनीको कुल सम्पत्ति २ अर्ब ७४ करोड १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ।

३. प्रमुख वित्तीय सूचकहरूः




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।