सामसङको इन्स्टा फाइनान्स सेवा, नागरिकताबाट टिभी तथा होम अप्लायन्स लिन सकिने

Jun 09, 2025 10:46 AM Merolagani



सामसङ नेपालले आफ्ना ग्राहकहरुका लागि अप्लायन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ। अब यो सेवा लिनको लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरिएको छ।

पहिलो टिभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने, होम अप्लायन्सहरुका लागि थप कागजात आवश्यक गर्ने अवस्था थियो। तर, अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरुमा पनि लागू गरिएको छ।

अब ग्राहकहरुले नयाँ टिभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २–२ वटा पासपोर्ट साइजको फोटो लिएर, फारम बुझाएको एक घण्टाभित्रै घर लैजान सक्नेछन्। यो सेवा २०८२ जेठ १९ गतेबाट लागू भएको हो र ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि, १२ महिनाको किस्तामा शून्य प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ। सेवा ३० हजार रुपैयाँ वा त्योभन्दा बढी मूल्यमा भएको सामसङ टिभी र होम अप्लाएन्सहरुमा मात्र लागु हुनेछ।

सामसङको नविनतम प्रविधि अब नेपाली ग्राहकहरुको पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो। सामसङ इन्स्टा फाइनान्स हिम इलेक्ट्रिोनिक्स प्रा.लि.ले वितरित गरिरहेको देशभर रहेका २०० भन्दा बढी सामसङ स्टोरहरुमा उपलब्ध छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।