सुनको मूल्य घट्यो, चाँदीमा भने नयाँ रेकर्ड

Jun 10, 2025 10:45 AM Merolagani



जेठ २७ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ भने चाँदीकाे मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । यस दिन चाँदीको तोलामा १५ रुपैयाँ बढेर हाल सम्मकै उच्च विन्दुमा पुगेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीकाे मूल्यले गत जेठ २३ गते कायम दुई हजार १५० रुपैयाँको उचाई ब्रेक गरेर नयाँ रेकर्ड गरेको हो । सोमबार भने चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।