नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम भने बढ्यो

Jun 12, 2025 03:08 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक ९.०८ अंक घटेर २६५५.३८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ९ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको १ लाख २ हजार ८९५ पटकको कारोबारमा १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार रुपैयाँबराबरको २ करोड ८६ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

पियोर इनर्जीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ७४ रुपैयाँ ९० पैसा बढेर ८२४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने रसुवागढी हाइड्राेपावर कम्पनी र तेह्रथुम पावरको शेयरमूल्य ५ दशमलब ९९ प्रतिशतले बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ९ दशमलब ९० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ८ करोड १४ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सानिमा माइ हाइड्रोपावरको ७५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको करिब साढे ५४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०९ प्रतिशत घटेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।